
नवलपुर । पहिरोले पुरिएर नवलपुरको बुलिंगटार गाउँपालिका –२ डाडाँझेरी टाडीमा एक दम्पत्तिको मृत्यु भएको छ ।
सोमबार राती गएको पहिरोले घर बगाउँदा स्थानीय ६१ वर्षीय शेर बहादुर नेपाली र उनकी श्रीमती ५७ वर्षीया खिलमाया नेपाली दुवै जनाको मृत्यु भएको हो ।
उक्त पहिरोमा परी गाई, गोरु, बंगुर १/१ वटा, ६ वटा बाख्रा र २५ वटा कुखुरा बेपत्ता भएको पनि प्रहरीले जनाएको छ ।
कमेन्ट गर्नुहोस्
