
काठमाडौँ । विश्वमा कोरोना भाइरस (कोभिड–१९) संक्रमितको संख्या १ करोड ५० लाख नाघेको छ । विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)का अनुसार बुधबारसम्म कोरोना संक्रमितको संख्या १ करोड ५० लाख ९९ हजार ८२४ पुगेको छ ।
संक्रमित मध्ये हालसम्म ९१ लाख १६ हजार ६५५ जना कोरोना संक्रमणमुक्त भएका छन्। यस्तै विश्वभर ६ लाख १९ हजार ६१४ जना कोरोना संक्रमितको भने मृत्यु भएको छ ।
डब्लुएचओकाअनुसार संयुक्त राज्य अमेरिकामा मात्र ४० लाख २८ हजार ७३३ जनामा कोरोना भाइरसका संक्रमित रहेका छन्। अमेरिकामा १ लाख ४४ हजार ९५८ व्यक्तिको मृत्यु भइसकेको बताइएको छ।
दक्षिण अमेरिकामा ३३ लाख ७५ हजार ५३ जना कोरोना भाइरस संक्रमति रहेका छन्। त्यहाँ १ लाख २१ हजार ४१५ जनाको मृत्यु भएको छ। उत्तर अमेरिकामा ४७ लाख २२ हजार ३६५ जना कोरोना भाइरस संक्रमति रहेका छन् भने १ लाख ९९ हजार ७८३ जनाको मृत्यु भएको छ।
युरोपमा २७ लाख २ हजार ९७ जना कोरोना भाइरस संक्रमित रहेका छन् । त्यहाँ १ लाख ९९ हजार ७४९ संक्रमितको मृत्यु भएको छ। एसिया ३५ लाख ३१ हजार ९७ जनामा कोरोना भाइरस संक्रमण रहेको छ भने ८२ हजार ७२३ संक्रमितको मृत्यु भएको छ।
अफ्रिकामा ७ लाख ५३ हजार ९१४ जनामा कोरोना भाइरस संक्रमण रहेको छ । त्यहाँ १५ हजार ७७९ संक्रमितको मृत्यु भएको छ। ओसियानामा १४ हजार ५८७ जनामा कोरोना भाइरस संक्रमण रहेको छ भने १५० संक्रमितको मृत्यु भइसकेको छ।
