कास्कीमा आजदेखि सार्वजनिक यातायात सुचारु

Share:

पोखरा । कास्कीमा आज (बिहिबार) देखि सार्वजनिक यातायात सुचारु भएका छन् । कोरोनाको कारण देशमा गत चैत ११ गते देखि जारी लकडाउन सरकारले खुल्ला गरेको दोस्रो दिन आजबाट पोखरा सहित कास्की क्षेत्रका यातायात व्यवसायीहरुले सार्वजनिक यातायाताका सवारी साधन संचालनमा ल्याएका हुन् ।

बिहिबार पोखरा सहित कास्की क्षेत्रमा आंसिक मात्रामा यात्रु बाहक बस तथा माइक्रो बस सेवा संचालन गर्ने व्यवसायीहरुले जनाएका छन् । जिल्ला प्रशासन कार्यालय कास्कीमा बुधबार भएको अनौपचारिक छलफलमा कास्की क्षेत्रका अधिकांश व्यवसायीहरुले जिल्ला भित्र रहने गरी स्वास्थ्य सुरक्षाका कुरालाई मध्यनजर गरी सवारी साधन संचालन गर्न सहमत भएका हुन्।

सम्बन्धित बस संचालकहरुले अनिवार्य रुपमा चालक तथा सहचालकलाई मास्क, ग्लोव, सेनिटाइजर सहितका स्वास्थ्य सामाग्रि प्रयोग गरी सेवा संचालन गरिने जनाइएको छ ।

कास्की बाहेक अन्य जिल्लाको हकमा गृहमन्त्रालयको अर्को सूचना नआएसम्म हाल कास्की जिल्ला भित्र मात्र सार्वजनिक यातायाताका सवारी साधनहरु संचालनको अनुमति दिइएको जनाइएको छ । निजी सवारी साधन सहित जो कोही अन्य जिल्लामा जादा इ–पास अनिवार्य रुपमा प्रशासनबाट लिनुपर्ने छ ।

सरकारले भदौं १ गते देखि मात्र लामो दुरीका सवारी संचालन गर्ने जनाएको छ ।

कमेन्ट गर्नुहोस्
Share: