
काठमाडौँ । नारायणगढ–मुग्लिन सडकखण्ड एकतर्फी सञ्चालनमा आएको छ । लगातारको वर्षासँगै १६ किलोमा झरेको पहिरो हटाएपछि बुधबार बेलुका पौने ८ बजेदेखि नै बाटो एकतर्फी सञ्चालन भएको हो ।
राति पहिरो नझरेकाले अहिले पनि एकतर्फी रुपमा गाडी चलिरहेको छ । दुई तर्फ नै गाडी सञ्चालन गर्न भने समय लाग्ने बताइएको छ ।
मौवा खोलाको भत्किएको पुल मर्मतको काम भने जारी छ । खोलाले बताएको एप्रोच सडकको काम तीव्र गतिमा भइरहेको छ ।
मौसम अनुकुल रहेमा शनिबार दिउँसोसम्ममा मोवा खोलाको मर्मत कार्य सम्पन्न गरी मुग्लिन–मलेखु–नौबिसे सडक पनि सुचारु गर्ने योजना रहेको आयोजनाले बताएको छ ।
कमेन्ट गर्नुहोस्
