राष्ट्रबैंकद्वारा बैंकका सबै शाखा खोल्न निर्देशन

Share:

काठमाडौँ । नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाका सबै शाखा कार्यालय खोल्न बैंकहरुलाई निर्देशन दिएको छ। सम्पूर्ण स्वास्थ्य सुरक्षाको पालना गरी भीडभाड नहुने तथा दूरी कायम गरेर सबै शाखा कार्यालय खोल्न बैंकहरुलाई निर्देशन दिएको हो ।

केन्द्रीय बैंकले बैंक तथा वित्तीय संस्थालाई परिपत्र गर्दै ‘सिफ्ट सिस्टम’हटाउन पनि भनेको छ।

राष्ट्र बैंकको निर्देशनपछि विगतको जस्तै नियमितरुपमा बैंक तथा वित्तीय संस्थाका शाखा आठ घण्टा नै सञ्चालन गर्नुपर्नेहुन्छ ।

कोरोना संक्रमण जोखिमका कारण सरकारले गत चैत ११ गतेदेखि लकडाउन गरेपछि बैंक तथा वित्तीय संस्थाले सीमित संख्याका शाखा मात्रै सीमित समयका लागि सञ्चालन गरेका थिए।

सरकारले गत चैत ११ देखि लागु गरिएको लकडाउन यहि साउन ६ गते मध्यरातिदेखि अन्त्य गरेको छ ।

कमेन्ट गर्नुहोस्
Share: