पोखरामा नहरमा एक वृद्ध मृत फेला

Share:

पोखरा । पोखरामा सेती नदिको नहरमा एक वृद्ध मृत अवस्थामा फेला परेका छन् ।

शुक्रबार विहान करिब ०७ः५५ बजे पोखरा महानगर–१२ ढिकालेथर घर भएका ८० वर्षीय तेज बहादुर गुरुङ मृत अवस्थामा फेला परेका हुन् ।

गुरुङ विहान ०७ः३० बजे घरमा कसैलाई केही नभनी निस्किएकोमा घर देखि करिब २ सय मिटर उत्तरमा उनको टोपी, चस्मा, चप्पल र फोटो फेला परेको थियो । त्यसपछि खोजी गर्दै जाँदा उनी पोखरा महानग–१३ दुईकुलाको मुहानमा मृत अवस्थामा फेला परेको गण्डकी प्रदेश प्रहरी कार्यालय पोखराले जनाएको छ ।

घटनाका विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

कमेन्ट गर्नुहोस्
Share: