
स्याङ्जा। स्याङ्जामा ट्याक्टरकोे ठक्करबाट एक वृद्धाको मृत्यु भएको छ ।
बिहीबार राति करिब ९ बजे स्याङ्जा कालिगण्डकी गाउँपालिका–१ ठाटी भञ्ज्याङस्थित भित्री कच्ची सडकमा लु ३ त ४२०१ नम्बरको ट्याक्टरले ठक्कर दिँदा सोही स्थान बस्ने ७६ वर्षीया कृष्ण रेग्मीको मृत्यु भएको हो ।
ट्याक्टरको ठक्करबाट घाइते भएकी रेग्मीलाई उपचारका लागि मिसन अस्पताल पाल्पा लगिएकोमा अस्पतालमै शुक्रबार राति ११ बजे मृत्यु भएको गण्डकी प्रदेश प्रहरी कार्यालय पोखराले जनाएको छ ।
ट्याक्टर चालकलाई नियन्त्रणमा लिइ थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
कमेन्ट गर्नुहोस्
