लागुऔषधसहित पोखरामा २ पक्राउ

Share:

पोखरा । पोखरामा लागुऔषधसहित २ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

बिहीबार साँझ ७ बजे पोखरा महानगर–१२ चापापानी मार्ग बस्ने २८ वर्षीय रोहित कुमार पाण्डेलाई ९ सय ७५ थान नाइट्रोभेटसहित प्रहरीले पक्राउ गरेको हो ।

मेडिकल क्षेत्र मै काम गर्दै आएका पाण्डे महोत्तरी जिल्लाको महोत्तरी गाँउपालिका–१ का स्थायी निवासी भएको प्रहरीले जानकारी दिएको छ ।

विशेष सुचनाको आधारमा लागू औषध नियन्त्रण ब्यूरो, शाखा कार्यालय, पोखरा र जिल्ला प्रहरी कार्यालय, कास्कीबाट खटिएको संयुक्त प्रहरी टोलीले पाण्डेलाई पक्राउ गरेको हो ।

त्यस्तै बुधबार चितवन प्रहरीसँगको समन्वयमा ब्राउनसुगर मुद्धामा फरार ३० वर्षीय रोहित श्रेष्ठ भनिने रोदित श्रेष्ठ पनि पक्राउ परेको प्रहरीले जानकारी दिएको छ ।

यस अघि पोखरा–८ फेवासिटी हस्पिटल नजिकैबाट ब्राउनसुगर सहित आकाश शाह पक्राउ परेका थिए । चितवनको भरतपुर–२१ बस्ने श्रेष्ठ सोही मुद्दाका फरार प्रतिवादी रहेको प्रहरीले उल्लेख गरेको छ ।

उनीहरु दुवैजनालाई लागू औषध नियन्त्रण ऐन, २०३३ विपरितको कसूर अन्तर्गत मुद्दा दर्ता गरि थप आवश्यक अनुसन्धान भइरहेको प्रहरी जनाएको छ ।

कमेन्ट गर्नुहोस्
Share: