ट्याक्टर दुर्घटनामा ज्यान गुमाउनेको संख्या पाँच पुग्यो

Share:

ओखलढुङ्गा, १८ पुस ।
ओखलढुङ्गामा बिहीबार भएको ट्याक्टर दुर्घटनामा थप एक जनाको मृत्यु भएको छ । यो समेत सो दुर्घटनामा मृत्यु हुनेको सङ्ख्या पाँच पुगेको प्रहरीले जनाएको छ ।
दुर्घटनामा गम्भीर घाइते भएका जिल्लाको सिद्धिचरण नगरपालिका १ का दीपक विशङ्खेको उपचारको क्रममा सामुदायिक अस्पताल मिसन सोब्रुमा गएराति मृत्यु भएको प्रहरी नायब उपरीक्षक डम्बरबहादुर विकले बताए ।
बिहीबार दिउँसो सिद्धिचरण नगरपालिका–१ मा पर्ने वर्णालुको वनपाले भीरमा स १ त ३०४६ नम्बरको ट्याक्टर पल्टिँदा घटनास्थलमै तीन र एक जनाको जिल्ला अस्पताल रुम्जाटारमा मृत्यु भएको थियो ।

कमेन्ट गर्नुहोस्
Share: