
काठमाडौँ । कोरोनाको महामारी र लकडाउनका कारण रोकिएको रातो मच्छिन्द्रनाथको रथारोहण आज (शनिबार) हुने भएको छ ।
मच्छिन्द्रनाथ गुठीसँग सम्बन्धित ज्योतिषीले शनिबार नागपञ्चमीका दिन दिउँसो १२ बजेर १५ मिनेटमा शुभसाइत रहेको ठहर गरेसँगै हाल पुल्चोकमा निर्माण भइरहेको रथमा मच्छिन्द्रनाथलाई विराजमान गराउन लागिएको हो ।
रथारोहण समारोहमा २० जना मानिस मात्र सहभागी हुन पाउने निर्णय भएको जनाइएको छ । यसअघि हरेक वर्ष वैशाख शुक्ल प्रतिपदाका दिन रक्तावलोकितेश्वरलाई रथमा विराजमान गराउने चलन थियो ।
गत चैत २८ गते कोरोनाका कारण रोकिएको रथ निर्माण कार्य गत असार १० गतेदेखि पुनः सुरु गरिएको थियो ।
यो काठमाडौँ उपत्यकाको सबैभन्दा लामो रथजात्रा हो ।
कमेन्ट गर्नुहोस्
