
बागलुङ । बागलुङ नगरपालिका–१ निरयघाट नजिक खसेको पहिरोमा परी बेपत्ता भएका दुई जनामध्ये एक जनाको शव फेला परेको छ । पहिरोमा ट्याक्टरसहित पुरिएका चालक रोशन भनिने धनबहादुर किसानको शव फेला परेको हो ।
बागलुङ नगरपालिका–५ मालिकाका २५ वर्षीय किसान शनिबार राति पहिरोमा पुरिएका थिए । उनीसँगै बेपत्ता भएका अर्का एक टिपर चालकको खोजी भइरहेको प्रहरीले जनाएको छ ।
सुख्खा पहिरो झरिरहेकाले उद्धारमा समस्या भएको प्रहरीले जनाएको छ । पहिरोमा परी स्काभेटर, ट्याक्टर र टिपर पुरिएका थिए ।
कमेन्ट गर्नुहोस्
