
बागलुङ । लगातारको वर्षा पछि बागलुङको विभिन्न ठाउँमा पहिरो जाँदा चार जनाको मृत्यु भएको छ ।
सोमबार राति पहिरोले घर पुरिँदा तमानखोला गाउँपालिका–२ मा पालबहादुर विकका १३ वर्षीया छोरा खिमबहादुर विक र १२ वर्षीया छोरी रीता विकको मृत्यु भएको छ ।
राति सुतिरहेको अवस्थामा घरमाथिबाट आएको पहिरोले उनीहरुलाई पुरेको प्रहरीले जनाएको छ । सँगै सुतिकी मृतककी आमा होमकुमारी विक गम्भीर घाइते भएकी छन् । उनलाई उपचराका लागि अस्पताल पठाउने तयारी भइहेको छ । पालबहादुर रोजगारीको सिलसिलामा विदेशमा छन् । पहिरोले घरमा पूर्ण रुपमा क्षति पु-याएको छ ।
यसैगरी निसीखोला गाउँपालिका–१ मा पनि पहिरोले घर पुरिँदा अन्दाजी पाँच वर्षीय समिर परियारको मृत्यु भएको छ ।
यस्तै निसीखोला गाउँपालिकामा नै अन्दाजी ६० वर्षीया एक महिलाको शव खोलाको छेउमा फेलापरेको प्रहरीले जनाएको छ । उनको भने अहिलेसम्म पहिचान खुलेको छैन ।
