
काठमाडौँ । बलिउड अभिनेत्री ऐश्वर्या राय बच्चन र उनकी छोरी आराध्या कोरोना संक्रमणमुक्त भएर डिस्चार्ज भएका छन्। हिजो परीक्षण गराउँदा दुवैको नेगेटिभ नतिजा आएपछि उनीहरू नानावती अस्पतालबाट डिस्चार्ज भएर घर फर्किएका हुन्।
बच्चन परिवारमा अभिनेता अमिताभ बच्चन, अभिषेक, ऐश्वर्या र आराध्यालाई कोरोना संक्रमण पुष्टि भएपछि सबै जनाको मुम्बईको नानावती अस्पतालमा उपचार भइरहेकोमा ऐश्वर्या र छोरी डिस्चार्ज भएका हुन्। अमिताभ र अभिषेक भने अस्पतालमै स्वास्थ्यकर्मीको रेखदेखमा रहेका छन्।
यसबारे ऐश्वर्याका श्रीमान् तथा अभिनेता अभिषेक बच्चनले ट्वीट मार्फत जानकारी दिंदै प्रार्थना र शुभकामनाका लागि सबैलाई आभार प्रकट गरेका छन् ।
बुहारी र नातिनी अस्पतालबाट डिस्चार्ज भएपछि अमिताभ बच्चनले पनि ट्वीट गरेर खुशी प्रकट गरेका छन् । उनले गए राति ट्वीटमा लेखेका छन्, “नातिनी र बुहारीलाई अस्पतालबाट मुक्ति मिलेकोमा मैले आँसु रोक्न सकिनँ । प्रभु तिम्रो कृपा अपार, अपरम्पार!“
कोरोना संक्रमण देखिएपछि गत असार २८ गते ऐश्वर्या र उनकी छोरी आराध्या अस्पताल भर्ना भएका थिए।
