थप ३ सय ११ जनामा कोरोना पुष्टि, संक्रमित संख्या १९ हजार नाघ्यो

Share:

काठमाडौँ । पछिल्लो २४ घण्टामा थप ३ सय ११ जनामा कोरोना भाइरस (काभिड–१९) संक्रमण पुष्टि भएको छ। यससँगै नेपालमा कोरोना संक्रमितको संख्या १९ हजार नाघेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार संक्रमितको संख्या १९ हजार ६३ पुगेको हो ।

थप १२१ जना संक्रमणमुक्त

पछिल्लो २४ घण्टामा थप १२१ जना कोरोना संक्रमणमुक्त भइ डिस्चार्ज भएका छन्। देशका विभिन्न अस्पतालबाट उनीहरू निको भएर घर फर्किएको मन्त्रालयले जनाएको छ ।

योसहित नेपालमा हालसम्म १३ हजार ७५४ उपचारपछि निको भएका छन्।

पछिल्लो २४ घण्टामा ५ हजार ३२ जनाको पिसिआर परीक्षण भएको मन्त्रालयले जानकारी दिएको छ।

हाल १५ हजार ३३१ जना हाल क्वारिन्टीनमा छन्।

कमेन्ट गर्नुहोस्
Share: