विश्वमा कोरोना संक्रमितको संख्या १ करोड ६६ लाख नाघ्यो, ६ लाख ५८ हजारको मृत्यु

Share:

काठमाडौँ । विश्वमा कोरोना (कोभिड–१९) संक्रमितको संख्या १ करोड ६६ लाख ६० हजार १ सय ३८ पुगेको छ। संक्रमणबाट मृत्यु हुनेको संख्या ६ लाख ५८ हजार ८ सय १३ पुगेको भने ९६ लाख ९९ हजार १ सय १६ जना उपचार पछि निको भएका छन् ।

जोन्स हप्किन्स विश्वविद्यालयको पछिल्लो तथ्यांकअनुसार सबैभन्दा बढी प्रभावित अमेरिकामा संक्रमितको संख्या ४३ लाख ४६ हजार ७ सय ४८ पुगेको छ । त्यहाँ १ लाख ४९ हजार १ सय ८० संक्रमितको मृत्यु भइसकेको छ।

त्यस्तै, ब्राजिलमा संक्रमितको संख्या २४ लाख ८३ हजार १ सय ९१ पुगेको छ भने ८८ हजार ५ सय ३९ को मृत्यु भएको छ ।

यता भारतमा संक्रमितको संख्या १४ लाख ८३ हजार १ सय ५६ पुगेको छ भने ३३ हजार ४ सय २५ संक्रमितको मृत्यु भइसकेको छ ।

रुसमा कोरोना संक्रमितको संख्या ८ लाख २२ हजार ६० पुगेको छ भने १३ हजार ४ सय ८३ संक्रमितको मृत्यु भएको छ।

कमेन्ट गर्नुहोस्
Share: