आज पनि सुनको भाउमा बढ्यो, चाँदीको भने थोरै घट्यो

628
0
Share:

काठमाडौँ । सुनको भाउले आज पनि बढेको छ । आज सुनको भाउ तोलामा ३ सय रुपैयाँ बढेको सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

आज तोलाको ९८ हजार ५ सय रुपैयाँ निर्धारण गरिएको छ । हिजो तोलाको ९८ हजार २ सय रुपैयाँमा कारोबार भएको थियो ।

सुनको भाउ बढे पनि चाँदी भने आज तोलामा २० रुपैयाँ घटेको छ । चाँदी आज तोलाको १२ सय २५ रुपैयाँमा झरेको महासङ्घले जनाएको छ । हिजो १२ सय ४५ रुपैयाँमा कारोबार भएको थियो ।

कमेन्ट गर्नुहोस्
Share: