नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ५२ पुग्यो

Share:

काठमाडौँ । नेपालमा कोरोना भाइरस (कोभिड–१९) को संक्रमणबाट मृत्यु हुनेको संख्या ५२ पुगेको छ । धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा बुधबार दिउँसो एक जना कोरोना संक्रमितको मृत्यु भएसँगै मृतकको संख्या ५२ पुगेको हो ।

बुधबार दिउँसो ४ः४५ बजे मोरङ सुनवर्सी नगरपालिका–८ निवासी ४५ वर्षीय पुरुषको मृत्यु भएको हो । ती व्यक्तिमा ज्वरो र स्वास प्रश्वासमा समस्या देखिएको थियो । गम्भीर अवस्थाका बिरामी भएकाले भेन्टिलेटरमा राखी उपचार सुरु भएको केही घण्टामा नै उनको मृत्यु भएको बताइएको छ ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार ती व्यक्ति निरन्तर भारत आवतजावत गरिरहने गर्थे ।

कमेन्ट गर्नुहोस्
Share: