
काठमाडौँ । विराटनगर महानगरपालिकामा आजदेखि दुई साताका लागि फेरि लकडाउन गरिएको छ ।
समुदायस्तरमा कोरोना भाइरस (कोभिड १९) को संक्रमण देखिएको निष्कर्षसहित महानगरपालिकाले लकडाउन गर्ने निर्णय गरेको हो ।
नगरस्तरीय कोभिड १९ क्राइसिस म्यानेजमेन्ट सेन्टरको शुक्रबारको बैठकले कोरोना संक्रमण नियन्त्रण र रोकथामका लागि लकडाउन गर्नुको विकल्प नभएको निष्कर्ष निकालेको हो ।
लकडाउन शुक्रबार राति १२ बजेदेखि लागु भएको महानगरका मेयर भीम पराजुलीले जानकारी दिए ।
कमेन्ट गर्नुहोस्
