नेपालमा थप ३१५ जनामा कोरोना पुष्टि, संक्रमित संख्या २० हजार नाघ्यो

Share:

काठमाडौँ । नेपालमा थप ३१५ जनामा कोरोना भाइरस (कोमिड–१९) संक्रमण पुष्टि भएको छ।

पछिल्लो २४ घन्टामा देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणका क्रममा ३१५ जनामा कोरोना भाइरसको संक्रमण पोजेटिभ देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

यससँगै नेपालमा संक्रमितको संख्या २० हजार ८६ जना पुगेको छ। हाल ५ हजार २ सय ३८ जना संक्रमितको उपचार भइरहेको मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिए ।

यस्तै पछिल्लो २४ घण्टामा थप ९३ जना कोरोना संक्रमणमुक्त भई डिस्चार्ज भएका छन्। देशका विभिन्न अस्पतालबाट उनीहरू निको भएर घर फर्किएको मन्त्रालयका प्रवक्ता गौतमले जानकारी दिए ।

योसहित नेपालमा हालसम्म १४ हजार ४९२ उपचारपछि निको भएका छन्।

हालसम्म नेपालमा ५६ जना कोरोना संक्रमितको मृत्यु भएको छ।

कमेन्ट गर्नुहोस्
Share: