
तनहुँ । तनहुँमा शनिबार राति चितुवाको आक्रमणबाट एक बालिका घाइते भएकी छन्। घाइते हुनेमा आँबुखैरेनी गाउँपालिका–१ समस्तीपुरकी १० वर्षीया अमिषा थापा रहेकी छन् ।
घरको आँगनमा बसिरहेको बेला चितुवाको आक्रमणबाट घाइते भएकी बालिकालाई राति नै उपचारका लागि भरतपुर पठाइएको प्रहरीले जनाएको छ । उनको घाँटीमा चोट लागेको छ। ती बालिका सोही ठाउँको चन्द्रोदय माध्यमिक विद्यालयमा कक्षा ३ मा अध्ययनरत छिन्।
विसं २०७४ फागुनयता चितुवाको आक्रमणबाट नौ बालबालिकाले ज्यान गुमाएका छन्। पछिल्लोपटक गत वैशाख २५ गते भानु नगरपालिका–४ चुँदीमा चितुवाको आक्रमणबाट स्थानीय ३६ वर्षीय रामबहादुर कुमाल घाइते भएका थिए। त्यसयता चितुवाको आक्रमण रोकिएकामा पुनः चितुवाको आक्रमण शुरु भएपछि स्थानीयवासी त्रसित भएका छन्।
