विश्वमा कोरोना संक्रमितको संख्या १ करोड ७९ लाख नाघ्यो, ६ लाख ८७ हजारको मृत्यु

Share:

काठमाडौँ । विश्वमा कोरोना संक्रमितको संख्या १ करोड ७९ लाख नाघेको छ। पछिल्लो तथ्यांकअनुसार संक्रमितको संख्या १ करोड ७९ लाख ९६ हजार ५ सय ३८ पुगेको हो। कोरोना संक्रमणबाट हालसम्म विश्वमा ६ लाख ८७ हजार ६७ जनाको मृत्यु भएको छ भने १ करोड ६ लाख ३४ हजार ३ सय ९३ जना निको भएका छन्।

सबैभन्दा बढी प्रभावित अमेरिकामा संक्रमितको संख्या ४६ लाख ६५ हजार २ पुगेको छ । त्यहाँ कोरोनाबाट मृत्यु हुनेको संख्या १ लाख ५४ हजार ८ सय ३४ पुगेको छ।

यस्तै, ब्राजिलमा संक्रमितको संख्या २७ लाख ७ हजार ८ सय ७७ पुगेको छ भने त्यहाँ ९३ हजार ५ सय ३६ को मृत्यु भएको छ ।

यता भारतमा संक्रमितको संख्या १७ लाख ५० हजार ७ सय २३ पुगेको छ भने ३७ हजार ३ सय ६४ को संक्रमणबाट मृत्यु भएको छ ।

त्यस्तै रुसमा संक्रमितको संख्या ८ लाख ४९ हजार २ सय ७७ पुगेको छ भने १४ हजार १ सय ४ को मृत्यु भएको छ।

कमेन्ट गर्नुहोस्
Share: