आज पनि केही स्थानमा भारी वर्षाको सम्भावना

264
0
Share:

काठमाडौँ । आज (सोमबार) देशभरको मौसममा सामान्य देखि पूर्ण बदली रही धेरै स्थानहरुमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

प्रदेश १, बाग्मती प्रदेश, गण्डकी प्रदेश, प्रदेश ५ र सुदूरपश्चिम प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना रहेको बताइएको छ।

भारी वर्षा भएका क्षेत्र र नदी तटीय क्षेत्रका बासिन्दालाई सावधानी अपनाउन पनि महाशाखाले आग्रह गरेको छ ।

हाल मनसुनी न्युन चापीय रेखा नेपाल भन्दा दक्षिण तर्फ अवस्थित रहेको छ।

कमेन्ट गर्नुहोस्
Share: