
पोखरा । पोखराका ४ जनासहित गण्डकी प्रदेशमा थप ५ जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ ।
सोमबार कास्की जिल्लाका ४ पुरुष तथा स्याङ्जाका १ जनामा कोरोना भाइरस देखिएको स्वास्थ्य निर्देशनालय गण्डकीले जनाएको हो ।
यस सँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या १ हजार ५ सय २९ पुगेको छ । हालसम्म प्रदेशमा १ हजार ३ सय ३० जना संक्रमित निको भएर घर फर्किएका छन् ।
कमेन्ट गर्नुहोस्
