विश्वमा कोरोना संक्रमितको संख्या १ करोड ८१ लाख नाघ्यो, ६ लाख ९१ हजारको मृत्यु

Share:

काठमाडौँ । विश्वमा कोरोना भाइसर (कोभिड–१९) संक्रमितको संख्या १ करोड ८१ लाख नाघेको छ। पछिल्लो तथ्यांकअनुसार संक्रमितको संख्या १ करोड ८१ लाख ८५ हजार १५ पुगेको हो।

यस्तै हालसम्म ६ लाख ९१ हजार ३ सय ३ जनाको कोरोना संक्रमणबाट मृत्यु भइसकेको छ भने १ करोड ८ लाख ३५ हजार ७ सय ८९ जना निको भएका छन्।

हालसम्म सबैभन्दा बढी प्रभावित अमेरिकामा संक्रमितको संख्या ४७ लाख ११ हजार ३ सय २३ पुगेको छ । त्यहाँ कोरोना संक्रमणबाट १ लाख ५५ हजार ३ सय ६६ जनाको मृत्यु भइसकेको छ।

यस्तै, ब्राजिलमा संक्रमितको संख्या २७ लाख ३३ हजार ६ सय ७७ पुगेको छ भने ९४ हजार १ सय ४ जनाको संक्रमणबाट मृत्यु भएको छ ।

यता भारतमा संक्रमितको संख्या १८ लाख ३ हजार ६ सय ९५ पुगेको छ भने ३८ हजार १ सय ३५ को संक्रमणबाट मृत्यु भएको छ ।

रुसमा संक्रमितको संख्या ८ लाख ५४ हजार ६ सय ४१ पुगेको छ भने १४ हजार १ सय ८३ जनाको संक्रबाट मृत्यु भएको छ।

कमेन्ट गर्नुहोस्
Share: