आज देशभरको मौसम कस्तो रहन्छ?

908
0
Share:

काठमाडौँ । अहिले देशका धेरै ठाउँमा पारिलो घाम लागेको छ भने केही ठाउँको मौसम बदली भएको छ । आज अपरान्ह पछि भने देशभरको मौसम सामान्य बदली रहने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

दिउँसो प्रदेश नम्बर १, २ र बाग्मती प्रदेशको केही स्थानहरुमा तथा बाँकी प्रदेशका थोरै स्थानहरुमा हल्का देखि मध्यम पानी पर्ने सम्भावना रहेको छ ।

यस्तै राति पनि देशभर सामान्य बदली रही सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश, प्रदेश न ५ र गण्डकी प्रदेशका थोरै स्थानहरु तथा बाँकी प्रदेशको केही स्थानहरुमा हल्का देखि मध्यम पानी पर्ने बताइएको छ ।

प्रदेश १, प्रदेश २ र बाग्मती प्रदेशका थेरै स्थानहरुमा राति ठूलो पानी पर्ने समेत सम्भावना रहेको महाशाखाले जारी गरेको सूचनामा जनाइएको छ।

कमेन्ट गर्नुहोस्
Share: