नेपालमा थप ३ सय ८१ जनामा कोरोना पुष्टि

Share:

काठमाडौँ । नेपालमा थप ३ सय ८१ जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ ।

पछिल्लो २४ घन्टामा देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणका क्रममा ३ सय ८१ जनामा कोरोना भाइरसको संक्रमण पोजेटिभ देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

योसँगै नेपालमा कूल संक्रमितको संख्या २१ हजार ३ सय ९० पुगेको मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिएका छन् ।

यस्तै पछिल्लो २४ घन्टामा १३० जना कोरोना संक्रमण मुक्त भइ डिस्चार्ज भएका छन् । यससँगै डिस्चार्ज हुनेको संख्या १५ हजार १५६ जना पुगेको छ ।

हाल आइसोलेसनमा ६ हजार १७४ जान रहेका छन् भने क्वारेन्टीनमा ९ हजार ९२५ जना रहेका छन् ।

कमेन्ट गर्नुहोस्
Share: