पोखराका एक सहित गण्डकी प्रदेशमा थप ११ जनामा कोरोना पुष्टि

Share:

पोखरा । पोखरा महानगरका १ सहित गण्डकी प्रदेशमा थप ११ जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ ।

बिहीबार विहान कास्कीको पोखरा महानगरका एक पुरुषसहित गण्डकी प्रदेशका ४ जिल्लाका थप ११ जनामा कोरोना भाइरस देखिएको स्वास्थ्य निर्देशनालय गण्डकीले जनाएको हो ।

निर्देशनालयका अनुसार कास्कीका एक पुरुष, पर्वतका १ महिला, गोरखाका ५ जना पुरुष र १ महिला तथा नवलपुरका ३ पुरुषमा कोरोना देखिएको छ ।

संक्रमितलाई आइसोलेसनमा लैजाने तयारी भैरहेको निर्देशनालयले जनाएको छ । यस सँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या १ हजार ५ सय ६६ पुगेको छ ।

प्रदेशमा अहिलेसम्म १ हजार ३ सय ६२ जना संक्रमणमुक्त भएर घर फर्किइसकेका छन्।

कमेन्ट गर्नुहोस्
Share: