
काठमाडौ, १९ पुस । संबैधानिक राजनीतिक संबाद तथा सहमति समितिका सभापति एवम एमाओवादी नेता डा. बाबुराम भट्टराईले सहमति जुटाउन बालुवाटारमा बसेको चार दलका शिर्ष नेताहरुको बैठकमा कफि पिउने, खाजामा ममः खाने र हिटर ताप्ने बाहेक कुनै उपलब्धि नभएको बताएका छन । सभामुख सुवास नेम्वाङ्गले सोमबार सम्म सहमति जुटाउन नभए आफूलाई संविधान लेखनको जिम्मेवारी दिन प्रस्ताव गरेपछि दलहरु सहमति जुटाउन सक्रिय बनेका थिए ।
आज विहान तीन दलका शिर्ष नेताहरु त्यसपछि काग्रेस र मधेसवादी दलका नेताहरुको छलफलपछि साँझ चार दलका शिर्ष नेताहरुको बैठक बसेको हो । बैठकमा नेताहरु सहमतिको लागि जिम्मेवार ढंगले प्रस्तुत नभएकोले कुनै पनि विषयमा ठोस कुराकानीसमेत हुन नसकेको भट्टराईले बताए । नेपाली काग्रेसका उपसभापति रामचन्द्र पौडेलले सबै विवादित विषयमा कुराकानी भएको र छलफल सकारात्मक भएको बताए ।

