
काठमाडौँ । पहिरोमा पुरिएर बैतडीमा आमाछोराको मृत्यु भएको छ।
डिलाशैनी गाउँपालिका–४ बलालीका पहिरोले घर पुरिँदा स्थानीय ४० वर्षीया पशुपति बोहरा र उनका छोरा १२ वर्षीय रिकेशको मृत्यु भएको प्रहरीले जनाएको छ ।
बिहीबार राति १२ बजेतिर पहिरो खस्दा घरभित्रै सुतिरहेका आमाछोराको घटनास्थलमै मृत्यु भएको हो। पशिुपतीकी छोरीहरु १६ वर्षीया सुजिता र १२ वर्षीया सुनिताले भागेर ज्यान जोगाएका छन्। पहिरोले घर पूर्णरूपमा पुरेको छ ।
घरभित्र पुरिएका दुवै जनाको शव निकालेर परीक्षणका लागि गोकुलेश्वर अस्पताल ल्याइन लागेको प्रहरीले जनाएको छ।
अन्य घर पनि पहिरोको जोखिममा रहेको बताइएको छ ।
कमेन्ट गर्नुहोस्
