
पोखरा । पछिल्लो समय सुनको मुल्यमा निरन्तर बृद्धि हुँदै गएको छ । आज (शुक्रबार) पनि १ हजार रुपैयाँले वृद्धि भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
आज छापावाल सुनको मूल्य प्रतितोला १ लाख ३ हजार ५०० कायम भएको छ । त्यस्तै तेजाबी सुनको मूल्य आज १ लाख ३ हजार रुपैयाँमा कारोबार भएको महासंघले जनाएको छ । बिहीबार प्रतितोला १ लाख २ हजार ५०० मा कारोबार भएको थियो ।
यसैगरी आज चाँदी पनि तोलामा ६० रुपैयाँले बढेर नयाँ रेर्कड बनाएको छ । आज चाँदीको मुल्य प्रतितोला १ हजार ४०५ रुपैयाँमा कारोबार भएको महासंघले जनाएको छ ।
कमेन्ट गर्नुहोस्
