पोखराको छोरेपाटनस्थित पुलचोकमा वृक्षारोपण

Share:

पोखरा । लायन्स क्लव अफ शान्ति स्तुपा चौतारीद्वारा आज पोखरा महानगरपालिका वडा नं. १७ छोरेपाटनस्थित पुलचोकको सार्वजनिक जग्गामा वृृक्षारोपण कार्यक्रमको आयोजना गरियो ।

हरियाली प्रवद्र्धन गरि वातावरण संरक्षणमा योगदान पु¥याउने मुख्य लक्ष्यका साथ आयोजित वृक्षारोपण कार्यक्रममा चाँप, कपुर, लप्सी लगायत विभिन्न जातका एक सय ५० वटा विरुवा रोपिएको थियो ।

लायन्स डिष्टिक चिफ पिआरो राम बस्यालले चापको वीरुवा रोपेर सो कार्यक्रमको शुभारम्भ गर्दै लायन्सले शिक्षा, स्वास्थ्य र वातारणीय क्षेत्रमा योगदान गर्दै आएको जानकारी दिए ।

“बिभिन्न बहानामा सहर बजारमा रहेका चौतारा मासिंदा पर्यावणमा असर परेको छ” उनले भने, “प्राकृतिक एवम् खाली ठाउँमा वृक्षारोपण गरेर हरियाली प्रवद्र्धनमा जोड दिनुपर्ने वर्तमानको आवश्यकता हो ।”

विश्व व्यापीरुपमा फैलिएको कोरोना भाइरसको रोगथामका लागि सरकारलाई आवश्यक स्वास्थ्य सामाग्री उपलव्ध गराउँदै आएको उनको भनाई छ ।

सो स्थानमा क्वलको सकृयतामा अघिल्लो बर्ष पनि २०० सय भन्दा बढी विरुवा रोपिएको र नियमीत गरिएको गोडमेलको कारण विरुवा राम्रोसंग हुर्केको लायन्स क्लव अफ शान्ति स्तुपाका अध्यक्ष सुभाष ढुङ्गानाले जानकारी दिए ।

कार्यक्रममा लायन्स खिमलाल बराल, लक्ष्मी बराल, किशोर बराल, रंगिला आचार्य, कुमार आचार्य, पत्रकार हरि बास्तोला लगायतले सडक किनारा सहित खाली जमिनमा बृक्षारोपण अभियान सञ्चालन गर्नुपर्नेमा जोड दिए ।

कमेन्ट गर्नुहोस्
Share: