
काठमाडौँ । विश्वमा कोरोना भाइरस (कोभिड–१९) संक्रमितको संख्या १ करोड ९२ लाख नाघेको छ। पछिल्लो तथ्याङ्कअनुसार विश्वभर संक्रमितहरुको संख्या १ करोड ९२ लाख ६६ हजार ४ सय ६ पुगेको छ ।
यस्तै कोरोनाबाट मृत्यु हुनेको संख्या ७ लाख १८ हजार ५ सय ३० पुगेको छ भने १ करोड १६ लाख ७१ हजार २ सय ५३ जना निको भइसकेका छन् ।
हालसम्म सबैभन्दा धेरै प्रभावित अमेरिकामा संक्रमितको संख्या ४९ लाख ३७ हजार ४ सय ४१ पुगेको छ । यस्तै मृतकको संख्या १ लाख ६१ हजार ३ सय २८ पुगेको छ ।
यता छिमेकी देश भारतमा संक्रमितको संख्या २० लाख २७ हजार ७४ पुगेको छ। त्यहाँ शुक्रबार एकैदिन ६१ हजार ४ सय ५५ जना संक्रमित थपिएका हुन्।
यस्तै भारतमा शुक्रबार एकै दिन ९३७ जनाको मृत्यु भएको छ। यससँगै त्यहाँ मृत्यु हुनेको संख्या पनि ४१ हजार ५ सय ८५ पुगेको छ। भारत कोरोना संक्रमणबाट तेस्रो प्रभावित मुलुक हो ।
