डोटीमा घर भत्किँदा एकै परिवारका चार जनाको मृत्यु, पाँच घाइते

230
0
Share:

काठमाडौँ । डोटीमा घर भत्किँदा एकै परिवारका चार जनाको मृत्यु भएको छ । पाँच जना घाइते भएका छन् ।

गएराति डोटीको आदर्श गाउँपालिका–१ बाँझककानी खलगडामा ३३ वर्षीय लोगे लुहारको घर भत्किँदा उनका परिवारका ४ जनाको मृत्यु भएको हो ।

मृत्यु हुनेमा लोगे विककी श्रीमती विष्ना विक, १२ वर्षीय छोरा पारस, छोरीहरु आठ वर्षीया सिर्जना र चार वर्षीया जेनिसा रहेको प्रहरीले जनाएको छ ।

घटनामा लोगे, उनकी आमा ५२ वर्षकी पाना, सासु ५६ वर्षकी घाङरी विक, सालो १३ वर्षका इन्द्र र २ वर्षकी छोरी अस्मिता घाइते भएका छन् । उनीहरुको दिपायलमा रहेको शैलेश्वरी अस्पतालमा उपचार भइरहेको जनाइएको छ ।

सिलेटले छाएको तिनतले घर गएराति १ बजेतिर भत्किएको हो ।

कमेन्ट गर्नुहोस्
Share: