पत्रकार बलराम बानियाँ मृत भेटिए

Share:

पोखरा । सोमबारदेखि हराएका पत्रकार बलराम बानियाँको शव फेला परेको छ । कान्तिपुर दैनिकका सहायक सम्पादक बानियाँको शव मङ्गलबार मकवानपुरको सिस्नेरीस्थित माण्डो जलविद्युत आयोजनामा भेटिएको हो ।

मङ्गलबार फेला परेको मृतकको शव आज फोटो पठाए पछि मात्रै परिवारले सनाखत गरेको जनाइएको छ । सोमबार दिउँसो काठमाडौँको बल्खु खोला पुलमा देखिएका बानियाँ त्यसयता सम्पर्क विहीन भएका थिए ।

बानियाँ दुई दिनदेखि घर नफर्किएको भन्दै परिवारले महानगरीय प्रहरी परिसर, काठमाडौं र अपराध अनुसन्धान महाशाखा, बानेश्वरमा उजुरी दिएको थियो ।

अपराध महाशाखाले बानियाँको मोबाइल फोनको प्राविधिक विश्लेषणको आधारमा उनको खोजी थालेको थियो । उनको मोबाइल पनि सोमबार दिउँसो बाटै स्वीच अफ भएको बताइएको छ ।

पत्रकार बानियाँका श्रीमती, एक छोरा र एक छोरी छन् ।

कमेन्ट गर्नुहोस्
Share: