नेपालमा कोरोना संक्रमणबाट थप ८ को मृत्यु

Share:

काठमाडौँ । नेपालमा कोरोना भाइरस (कोभिड–१९) संक्रमणबाट थप ८ जनाको मृत्यु भएको पुष्टि भएको छ।

पछिल्लो २४ घण्टामा धनुषाका २ जना तथा काठमाडौँ, धादिङ, सप्तरी, मोरङ, कपिलवस्तुका र बाराका एकएक जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । योसँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ९१ पुगेको छ ।

कोरोना संक्रमणबाट धनुषाको जनकपुर उपमहानगरपालिका –१ निवासी ७१ वर्षीय पुरुषको पनि मृत्यु भएको छ । उनको बुधबार मेडिसिटी अस्पतालमा मृत्यु भएको हो । साथै धनुषाकै जनकपुर उपमहानगरपालिका–८ निवासी ३८ वर्षीया महिलाको मृत्यु भएको छ । उनको बुधबार पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानमा मृत्यु भएको हो ।

यस्तै काठमाडौँको काठमाडौँ महानगरपालिका– १२ टेकु निवासी ७८ वर्षीया महिलाको मृत्यु भएको छ । उनको बुधबार विहान किस्ट मेडिकल कलेज शिक्षण अस्पतालमा मृत्यु भएको हो ।

धादिङको निलकण्ठ नगरपालिकाका–१४ निवासी ३२ वर्षीय पुरुषको मंगलबार ह्याम्स अस्पतालमा मृत्यु भएको हो ।

यसैगरी सप्तरीको डाक्रेस्वरी नगरपालिका–८ घर भई राजविराज नगरपालिका–६ सिराहारोड बस्दै आएका ७२ वर्षीय पुरुषको मंगलबार राति मृत्यु भएको छ ।

मोरङको बुढीगंगा गाउँपालिका–२ गंगाचोक निवासी ५५ वर्षीय पुरुषको मृत्यु भएको छ । उनको बुधबार विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा मृत्यु भएको हो ।

त्यस्तै कपिलवस्तुको कपिलवस्तु नगरपालिका–२ तौलिहवा निवासी ४२ वर्षीय पुरुषको मृत्यु भएको छ । उनको बुधबार विहान बुटवल कोरोना विशेष अस्पतालमा मृत्यु भएको हो ।

बाराका कलैया उपमहानगरपालिका निवासी ७५ वर्षीय पुरुषको पनि मृत्यु भएको छ । बुधबार किस्ट मेडिकल कलेज शिक्षण अस्पताल ललितपुरमा मृत्यु भएको हो ।

कमेन्ट गर्नुहोस्
Share: