
पोखरा । आज (शुक्रबार) रातिदेखि पानी पर्ने क्रम बिस्तारै बढ्ने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
मनसुनी न्यूनचापीय रेखा नेपाल नजिकै आउन लागेकाले रातिदेखि पानी पर्ने क्रम बिस्तारै बढ्ने जनाइएको छ ।
प्रदेश नं १, बाग्मती प्रदेश, प्रदेश नम्बर ५ र सुदूर पश्चिम प्रदेशका एक वा दुई स्थानहरुमा राति ठूलो पानी पर्ने सम्भावना रहेको महाशाखाले जारी गरेको सूचनामा उल्लेख छ ।
आज दिउँसो देशभरको मौसम सामान्य बदली रही केही स्थानमा हल्का देखि मध्यम पानी पर्ने महाशाखाले जनाएको छ।बाग्मती प्रदेश, गण्डकी प्रदेश, प्रदेश नम्बर ५, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका केही स्थानहरुमा भारी वर्षाको समेत सम्भावना रहेको छ ।
कमेन्ट गर्नुहोस्
