
काठमाडौँ । कालिकोटको महाबै गाउँपालिका–३ नकु भन्ने स्थानमा पहिरो जाँदा ६ जनाको मृत्यु भएको छ ।
बिहीबार राति वडा सदस्य राजबहादुर विष्टको घर पहिरोले पुरिँदा ६ जनाको मृत्यु भएको हो ।
पहिरोमा परी विष्टका १३ वर्षका छोरा पुष्प विष्ट, ११ वर्षका प्रविन विष्ट, छोरी १८ वर्षकी सविना विष्ट, १५ वर्षकी आशा विष्ट र डिलबहादुर विष्टका १९ वर्षकी छोरी शान्ति विष्ट र १० वर्षकी रेखा विष्टको मृत्यु भएको प्रहरीले जनाएको छ ।
स्थानीय बासिन्दा, जनप्रतिनिधि र प्रहरीले पहिरोबाट शव निकालेका हुन् । पहिरोले पूरै गाउँ जोखिममा रहेको स्थानीयले बताएका छन् ।
कमेन्ट गर्नुहोस्
