सिन्धुपाल्चोक पहिरोः ७ जनाको शव भेटियो, ३१ जना अझै बेपत्ता

Share:

काठमाडौँ । सिन्धुपाल्चोकको जुगल–२ लिदीको लामा टोलमा आज विहान खसेको पहिरोमा परी बेपत्ता भएका मध्य सात जनाको शव भेटिएको छ ।

पहिरोमा ३१ जना अझै बेपत्ता छन् । उनीहरुको नेपाली सेना, नेपाल प्रहरी र स्थानीयवासीले खोजी गरिरहेको प्रहरीले जनाएको छ ।

पहिरोमा परी घाइते भएका पाँच जनाको उद्धार गरी हेलिकप्टरमार्फत चौतारा र काठमाडौँ पठाइएको बताइएको छ । प्रहरीका अनुसार पहिरोले ३७ घरमा क्षति पुगेको छ ।

कमेन्ट गर्नुहोस्
Share: