सिन्धुपाल्चोक पहिरोः हराएकामध्ये १३ जनाको शव भेटियो

Share:

काठमाडौँ । सिन्धुपाल्चोकको जुगल–२ लिदीमा शुक्रबार पहिरो जाँदा पुरिएर १३ जनाको मृत्यु भएको छ ।

हिजो विहान खसेको पहिरोले ३७ वटा घरमा नोक्सानी पुर्याएको र त्यसमध्ये १३ वटा घर पूरै भत्किँदा हराएकामध्ये ११ जनाको शव हिजो भेटिएको थियो भने २ जनाको आज विहान भेटिएको हो । आज भेटिएकाको शव निकाल्ने काम भइरहेको जनाइएको छ ।

यसै गरी हिजो शव भेटिएका सबै ११ जनाको पहिचान खुलेको प्रहरीले जनाएको छ ।

ज्यान गुमाउनेमा टीकामाया दोङ, जिताई झाक्री, छिरिङ दोङ, मिलन दोङ, सानु दोङ, जयबहादुर दोङ, दावा ल्हामु दोङ, तारल्हमो दोङ, पिर्ती दोङ, धनमाया दोङ र रिमेक्स दोङ रहेका छन् ।

गाउँपालिका अध्यक्ष होमनारायण श्रेष्ठकाअनुसार शव भेटिएकाहरुको सामूहिक अन्त्येष्टि गर्ने तयारी भएको छ ।

पहिरोमा अझै २६ जना हराइरहेका छन् । उनीहरुको खोजी भइरहेको बताइएको छ ।

कमेन्ट गर्नुहोस्
Share: