
पोखरा । गण्डकी प्रदेश प्रमुख अमिक शेरचनको पीसीआर परीक्षणका लागि स्वाब संकलन गरिएको छ ।
पछिल्लो समय बढ्दो कोभिड–१९ संक्रमण जोखिमलाई मध्यनजर गर्दै हालै काठमाडौँ भ्रमण गरी पोखरा फर्कनुभएका प्रदेश प्रमुख शेरचनको बिहीबार स्वाब संकलन गरिएको हो ।
प्रदेश प्रमुख शेरचनसँगै उनको स्वकीय सचिवालयमा कार्यरत कर्मचारी र सुरक्षाकर्मीहरूको पीसीआर परीक्षणका लागि स्वाब संकलन गरिएको थियो । प्रदेश जनस्वास्थ्य प्रयोगशालाका कर्मचारीहरूले परीक्षणका लागि स्वाब लिएका हुन् ।
प्रदेश प्रमुख शेरचनले काठमाडौँ भ्रमणका शिलशिलामा राष्ट्रपति विद्यादेवी भण्डारीसहित विभिन्न उच्चस्तरीय भेटघाट गरेका थिए ।
कमेन्ट गर्नुहोस्
