
बागलुङ । बागलुङमा जनप्रतिनिधिमा पनि कोरोना संक्रमण पुष्टि भएको छ।
शुक्रबार विहान क्षयरोग उपचार केन्द्रको प्रयोगशाला पोखरामा गरिएको परीक्षणमा बागलुङका ५४ वर्षिय र ३८ वर्षीया २ पुरुषमा कोरोना संक्रमण पुष्टि भएको थियो । उनीहरु दुवैजना जनप्रतिनिधि भएको खुलेको छ ।
जिल्लाका एक उच्च पदस्थ जनप्रतिनिधि र एक जना वडा तहका जनप्रतिनिधिमा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय बागलुङले जनाएको छ ।
उनीहरु दुवै जनालाई आईसोलेसन लैजाने तयारी भैरहेको बताइएको छ। उनीहरुमा कोरोना संक्रमण पुष्टि भएपछि स्रोत खोज्न थालिएको छ। कन्ट्रयाक ट्रेसिङको काम आजै थालिने बताइएको छ।
कमेन्ट गर्नुहोस्
