नेपालमा कोरोनाबाट थप २ को मृत्यु

Share:

काठमाडौँ । नेपालमा कोरोना भाइरस (कोभिड–१९) संक्रमण बाट थप २ जनाको मृत्यु भएको छ ।

कोरोना संक्रमणबाट पर्साका एकजना पुरुष र मोरङका १ जना महिलाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

यससँगै कोरोना संक्रमणबाट नेपालमा मृत्यु हुनेको संख्या १ सय ४ पुगेको छ ।

मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार हालसम्म कोरोनाबाट सबैभन्दा धेरै प्रदेश नम्बर २ मा ४५ जनाको मृत्यु भएको छ ।

यस्तै बागमती प्रदेशमा १८, प्रदेश नम्बर ५ मा १३, प्रदेश नम्बर १ मा १०, सुदूरपश्चिम प्रदेशमा ८, गण्डकी प्रदेशमा ६ र कर्णाली प्रदेशमा ४ जनाको मृत्यु भएको छ ।

कमेन्ट गर्नुहोस्
Share: