कोरोना संक्रमणबाट थप ३ को मृत्यु

Share:

काठमाडौँ । कोरोना संक्रमणबाट नेपालमा थप ३ जनाको मृत्यु भएको छ ।

पछिल्लो २४ घण्टामा काठमाडौँका ५८ वर्षीया महिला, रौतहटका ३२ वर्षीय पुरुष र मोरङका ६० वर्षीय पुरुष गरी ३ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

यससँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १०७ पुगेको छ ।

नेपालमा हालसम्म २७ हजार २ सय ४१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ जसमध्य १७ हजार ४९५ जना उपचारपछि निको भएका छन् । हाल नेपालमा ९ हजार ६ सय ३९ जना सक्रिय संक्रमित रहेको मन्त्रालयले जनाएको छ ।

कमेन्ट गर्नुहोस्
Share: