नेपालमा एक किलोमिटर रेल मार्ग निर्माण गर्न ३० देखि ८० करोड खर्च हुने

Share:

काठमाडौं, पौष २१ । संसदको विकास समितिले नेपालमा रेल्वे सम्भाव्यताका बारेमा आज सरोकारवाला निकायहरुसंग छलफल गरेको छ ।
nepalma-relwai
समितिले भौतिक पुर्वाधार तथा यातायात मन्त्रालयका सचिव, रेल विभागका महानिर्देशक, रेल्वेसंग सम्बन्धित विज्ञहरुसंग छलफल गरेको हो ।

अन्तर्राष्ट्रिय जगतमा द्रुत खालका थुप्रै रल्वेको विकास भईसकेको भन्दै पुरातन खालको रेल्वे संचालनमा ल्याउने कि अहिले विकासभएको भन्ने विषयमा छलफल भएको थियो ।

कम्तीमा तराई र काठमाडौं जोड्नका लागि रेल्वे निर्माण गर्न सरोकारवालाहरुले सुझाव दिएका थिए ।

विज्ञहरुले भने एक किलोमिटर रेल्वे निमार्णका लागि ३० देखि ८० करोड रुपैयाँसम्म खर्च हुने भन्दै खर्चको तयारी गरे नेपालमा विज्ञ र इन्जिनियरहरुको कमी नभएको बताएका थिए ।

कमेन्ट गर्नुहोस्
Share: