
काठमाडौँ । पछिल्लो २४ घन्टामा थप १ हजारभन्दा बढी मानिसमा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ। नेपालमा २०७६ माघ ९ मा कोरोना संक्रमण भेटिएपछि एकैदिनमा एक हजारभन्दा बढी कोरोना संक्रमणको पुष्टि भएको यो पहिलो पटक हो।
२४ घन्टामा देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणका क्रममा १ हजार १६ जनामा कोरोना संक्रमण पोजेटिभ देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
यो सहित नेपालमा कोरोना संक्रमित हुनेको संख्या २८ हजार २५७ जना पुगेको मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिए ।
यसैगरी पछिल्लो २४ घण्टामा थप ८५ जना कोरोना संक्रमणमुक्त भएका छन्। देशका विभिन्न अस्पतालबाट उनीहरू निको भएर घर फर्किएका हुन् ।
योसहित नेपालमा हालसम्म १७ हजार ५८० उपचारपछि निको भएका छन्।
१० हजार ५६३ जना आइसोलेसनमा छन् । उनीहरुमध्ये ११८ जना आईसीयूमा छन् भने ६ जना भेल्टिलेटरमा रहेको मन्त्रालयले जनाएको छ ।
