
काठमाडौँ । नेपालमा कोरोना भाइरस (कोभिड—१९) बाट थप ७ जनाको मृत्यु पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार कास्कीका एक पुरुष र तनहुँका एक महिलासहित काभ्रे, नवलपरासी, मोरङ, धनुषा र बाँकेका एकएक जना पुरुषको मृत्यु भएको हो ।
योसँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या १ सय १४ पुगेको छ ।
नेपालमा हालसम्म कोरोना संक्रमितको संख्या २८ हजार २५७ पुगेको छ भने १७ हजार ५८० जना निको भएका छन् ।
१० हजार ५६३ जना आइसोलेसनमा छन् । उनीहरुमध्ये ११८ जना आईसीयूमा छन् भने ६ जना भेल्टिलेटरमा रहेको मन्त्रालयले जनाएको छ ।
कमेन्ट गर्नुहोस्
