नेपालमा कोरोना संक्रमणबाट थप ६ जनाको मृत्यु

Share:

काठमाडौँ । नेपालमा कोरोना संक्रमणबाट थप ६ जनाको मृत्यु भएको छ। यो सँगै कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १ सय २० पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

पछिल्लो २४ घण्टायता काठमाडौँ र बर्दियाका १/१ पुरुष, मोरङ, भक्तपुर, चितवन र सुनसरीका १/१ महिला गरी ६ जनाको मृत्यु भएको हो ।

नेपालमा हालसम्म कोरोना संक्रमितको संख्या २८ हजार ९३८ जना पुगेको छ भने डिस्चार्ज हुनेको संख्या १७ हजार ७०० पुगेको छ । हाल सक्रिय संक्रमितको संख्या ११ हजार ११८ छ ।

२४ घण्टामा ११ हजार ५ सय २२ जनाको पिसिआर परीक्षण भएको छ । ७ हजार ९ सय ८७ जना संस्था आइसोलेसनमा छन्। ३ हजार १ सय ३१ जना होम आइसोलेसनमा छन्।

हाल १३ हजार ५ सय ७१ जना क्वारेन्टीनमा छन् । भेन्टिलेटरमा ६ जना संक्रमितको उपचार भइरहेको छ भने आइसियूमा १ सय ३१ जना रहेको मन्त्रालयले जनाएको छ।

कमेन्ट गर्नुहोस्
Share: