खेलकुद पत्रकार मञ्च कास्कीमा न्यौपाने

Share:

रेम बिक / पोखरा, २१ पुस | खेलकुद पत्रकार मञ्च कास्कीमा नयाँ नेतृत्व चयन भएको छ । सोमबार पोखरामा भएको अधिवेशनबाट प्रेमनारायण न्यौपानेको नेतृत्वमा नयाँ नेतृत्व चयन भएको हो । अधिवेशनमा अध्यक्षका प्रत्यासी सागरराज तिमिल्सिनालाई एक मतले पछाडि पार्दै न्यौपानेले आगामी तीन वर्षका लागि नेतृत्व पाएका हुन् । उनले १९ मत प्राप्त गरेका थिए ।

khelud manch kaski

यस्तै मञ्चको उपाध्यक्षमा सन्देश श्रेष्ठ विजयी बने । उपाध्यक्षका अर्का प्रत्यासी एकराज गिरीलाई तीन मतले पछाडि पार्दै उनी उपाध्यक्ष बनेका हुन् । उनले १९ मत प्राप्त गरेका थिए । अध्यक्ष र उपाध्यक्षबाहेक अरु सम्पूर्ण पदमा निर्विरोध नियुक्ति भएको थियो ।

निर्विरोध नियुक्त हुनेहरुमा सचिवमा दिननाथ बराल, सहसचिवमा अर्जुन गिरी र कोषाध्यक्षमा हिमाल लम्साल रहेका छन् । मञ्चका सदस्यहरुमा रन्जग अधिकारी, सुरेन कुमार सुशिल, उमेश पुन, रोहितराज पराजुली र विजय नेपाल निर्विरोध चयन भए । एघार सदस्यीय कार्यसमितिमा एक जना सदस्य भने कार्यसमितिको बैठकले पारित गरेर मनोनयन गर्नेछ ।

कमेन्ट गर्नुहोस्
Share: