विश्वमा कोरोना संक्रमितको संख्या २ करोड २२ लाख नाघ्यो, ७ लाख ८४ हजारको मृत्यु

Share:

काठमाडौँ । विश्वमा कोरोना संक्रमितको संख्या २ करोड २२ लाख नाघेको छ। जोन्स हप्किन्स विश्वविद्यालयकाअनुसार संक्रमितको संख्या २ करोड २२ लाख ६२ हजार ९ सय ४६ पुगेको हो।

अहिलेसम्म विश्वमा ७ लाख ८४ हजार १ सय ७ को मृत्यु भएको छ भने १ करोड ४२ लाख ५० हजार २०२ जना संक्रमणमुक्त भएका छन्।

हालसम्म सबैभन्दा बढी प्रभावित अमेरिकामा संक्रमितको संख्या ५५ लाख २४ हजार ३ सय ९८ पुगेको छ । त्यहाँ कोरोना संक्रमणबाट १ लाख ७२ हजार ९ सय ६५ जनाको मृत्यु भएको छ।

यस्तै, ब्राजिलमा संक्रमितको संख्या ३४ लाख ७ हजार ३ सय ५४ पुगेको छ भने त्यहाँ १ लाख ९ हजार ८ सय ८८ को संक्रमणबाट मृत्यु भएको छ । भारतमा संक्रमितको संख्या २७ लाख ६७ हजार २ सय ७३ पुगेको छ भने ५२ हजार ८ सय ८९ को मृत्यु भएको छ । रुसमा संक्रमितको संख्या ९ लाख ३५ हजार ६६ पुगेको छ भने त्यहाँ १५ हजार ९ सय ५१ को मृत्यु भएको छ । दक्षिण अफ्रिकामा संक्रमितको संख्या ५ लाख ९६ हजार ६० पुगेको छ भने त्यहाँ १२ हजार ४ सय २३ को मृत्यु भएको छ।

कमेन्ट गर्नुहोस्
Share: