
काठमाडौँ । नेपालमा थप ७०७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।
पछिल्लो २४ घण्टामा देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा ७०७ जनामा कोरोना भाइरसको संक्रमण पोजेटिभ देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
यो सहित नेपालमा कोरोना संक्रमितको संख्या २९ हजार ६४५ जना पुगेको छ।
यस्तै नेपालमा कोरोना संक्रमणबाट थप ६ जनाको मृत्यु पुष्टि भएको मन्त्रालयले जनाएको छ।
पछिल्लो २४ घण्टामा काठमाडौँका एक महिला, सप्तरी र मकावनपुरका एकएक पुरुष तथा पर्साका एक महिला र दुई पुरुषको मृत्यु भएको हो ।
यो सँगै कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १ सय २६ पुगेको मन्त्रालयले जनाएको छ।
यसैगरी पछिल्लो २४ घण्टामा थप २६४ जना कोरोना संक्रमणमुक्त भइ डिस्चार्ज भएका छन्। देशका विभिन्न अस्पतालबाट उनीहरू निको भएर घर फर्किएका हुन्।
योसहित नेपालमा हालसम्म १७ हजार ९ सय ६४ उपचारपछि निको भएका छन्।
हाल सक्रिय संक्रमितको संख्या ११ हजार ५ सय ५५ जना छन् ।
२४ घण्टामा १ हजार ८ सय ३२ जनाको पिसिआर परीक्षण भएको छ ।
हाल यस्तै ७ जना भेन्टिलेटरमा र १२९ जना संक्रमित आइसियूमा उपचाररत रहेका छन्।
यस्तै ३ हजार ७ सय ७२ जना होम आइसोलेसनमा छन् भने ११ हजार ७ सय ६८ जना क्वारेन्टीनमा छन् ।
